रोल्पामा चट्याङ् लागेर २७ बर्षीय युवकको मृत्यु


चैत १९, रोल्पा । सोमबार राति चट्याङ् पर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर 

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट बेहोस भएका परियारको घटनास्थलमै मृत्यु भएको थियो ।

चट्याङ पर्दा छिमेकी आफन्तको घरमा खाना खाँदै गरेका परियार सहित कोठामा रहेका सबै बेहोस भएका थिए । मृतकको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको गरेको प्रहरीले जनाएको छ ।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको