चैत १९, हेटौंडा । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
फाइल तस्बिर
१७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।
पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
बुवाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो ।
माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् ।
प्रतिक्रिया दिनुहोस