चैत १९, काठमाडौं । सुदूर पश्चिम प्रदेशले बारा र पर्साका हुरी प्रभावितलाई १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ ले स्थापना गरेको राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।
‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो। त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं,’ भट्टले भने।
यसअघि प्रदेश नम्बर ३ ले हुरी प्रभावितलाई १ करोड दिने निर्णय गरेको थियो। आइतबार राति अचानक आएको हुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भयो थियो भने सैयौं घर क्षति भएका थिए।
प्रतिक्रिया दिनुहोस