हावाहुरीबाट मृत्यु भएका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा


चैत १९, बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा आँधी र हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।

त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरेका थिए ।

हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । ८ जना घाइतेको उपचार काठमाडौमा भइरहेको छ भने अरु बाँकीको उपचार बारा र पर्साको अस्पतालमा भइरहेको छ । समान्य चोटपटक लागेकालाई डिस्चार्ज गरी पठाई सकेका छन् ।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको