सामाजिक सञ्जाल गुगल प्लस बन्द


चैत १९, काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्जाल गुगल प्लस बन्द गरेको छ। गुगल प्लसमा फोटो र टेक्स्ट सेयर गर्न सकिन्थ्यो।गुगलले सन २०११ मा फेसबुक र ट्वीटरलाई चुनौती दिन गुगल प्लस खोलेको थियो।

यसलाई प्रयोगकर्ताले सुरुदेखि नै मन पराएका थिएनन। यसका डाटाहरु चोरी भएको खुलासा भएको थियो र गुगलले गुगल प्लस बन्द गर्ने घोषणा पनि गरेको थियो। गुगल प्लस लाई जोगाउने गुगलले आइडिया भने ननिकालेको होइन। युट्युबमा प्रतिक्रिया लेख्न गुगल प्लस एकाउन्ट हुन आवश्यक थियो।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको