प्रविण अधिकारी/चैत १९, इलाम । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले जनश्रमदानलाई निरन्तरता दिएका छन् ।
सरकारको प्रतिबन्ध लगाएसँगै नेता कार्यकतामाथि धरपकट बढीरहेका बेला समेत नेकपाका नेता कार्यकर्ता जनश्रमदानमा जुटेका छन् ।
पछिल्लो समय पूर्वका व्युरो र जिल्लास्तरका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य बढीरहेका बेला इलाम जिल्लाका नेता कार्यकर्ता भने जिल्लाका विभिन्न भुभागमा जनताको घरदैलोमा गएर श्रमदानमा ब्यस्त छन् ।
जिल्ला संगठन इलामको आयोजनामा खटिएका नेता कार्यकर्ताले स्थानीय जनताको मुडा चिरिदिने, दाउरा बोक्ने लगायतका काम गरेको जनाईएको छ । उक्त टोलीको नेतृत्व जिल्ला सचिब दिपेनले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस