नवलपरासीमा भीरबाट लडेर एक जनाको मृत्यु


चैत १९, नवलपरासी । पूर्वीनवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ मा भीरबाट लडेर १ जनाको ज्यान गएको छ ।

फाइल तस्बिर 

भीरमा रहेको बाँस काट्ने क्रममा लडेर बालकृष्ण श्रेष्ठको निधन भएको हो । लडेर गम्भीर घाइते श्रेष्ठलाई सोमबार साँझ उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको