सल्यान गाडी दुर्घटना: एकको मृत्यु, घाईते ७ जनालाई नेपालगन्ज रिफर गरियो (नामसहित)


फागुन १८, सल्यान । सल्यानमा हाइस दुर्घटना हुँदा घाईते भएका मध्य एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम चौरहजारी नगरपालिका ६ का ७० वर्षिय झुते वली रहेका छन् ।

सनिबार मध्यान्ह १२ बजेतिर नेपालगंजबाट रुकुमतिर जाँदै गरेको भे १ ज १००२ नम्बरको हाइस बागचौर नगरपालिका १ कालाखेत नजिकै दुर्घटना भएको थियो । अन्य १२ जना गम्भीर घाईते भएका छन् ।

घाईते ७ जनाको उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । जसमा रुकुम त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३७ वर्षीय महेश खड्का, सल्यान दार्मा गाउँपालिका २ का २४ वर्षीय दिपेन्द्र शर्मा, कुमाख ६ का २८ वर्षीय लक्ष्मण रावत, बागचौर नगरपालिका १ का २६ वर्षीय दिपक केसी, उनकी श्रीमती २५ वर्षीया सावित्रा ओली, छोरी १ वर्षीया दिया केसी र पाल्पा तिनहुँ ६ का ३५ वर्षीय लाल बहादुर राण रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

त्यसैगरी ५ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । जसमा सल्यान बडागाउँका चन्द्र प्रशाद शर्मा, रुकुमका सेतिराम परियार, अमर परियार, हाशिस परियार, थारमारेका अमृता परियार रहेका छन् ।

त्यस्तै रुकुम त्रिवेणी २ का ४१ वर्षीय धन बहादुर केसीको कान्तिपुर सामुदायी अस्पताल श्रीनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी सडकदेखि करिब ४० मिटर तल शारदा नदिमा खसेको छ । गाडी चालक फरार रहेको र अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

२०७५ फाल्गुन १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको