जिल्ला सदस्य न्यौपानेलाई प्रहरीले बेपत्ता बनाएको नेकपाको दाबी


फागुन १८, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्ना जिल्ला सदस्य युवराज न्यौपानेलाई प्रहरीले बेपत्ता पारेको दावी गरेको छ ।

यही फागुन १४ गते राती साढे ८ बजे बुटवलको देवीनगरबाट न्यौपानेलाई सेतो भ्यानमा आएका सादा पोसाकमा आएका प्रहरी टोलीले पक्राउ गरेको सो पार्टीको भनाई छ ।

तर, वडा प्रहरी कार्यालय, ईलाका प्रहरी तथा जिल्लामा बुझ्दासमेत कसैले पनि आफूहरुले पक्राउ नगरेको बताएपछि बेपत्ता पारिएको नेकपाले दावी गरेको हो ।

नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओलीले एक विज्ञप्तीजारी गर्दै आफ्नो पार्टीका जिल्ला सदस्य न्यौपानेको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

एनसेलका टावरमा आगजनी भएपछि नेकपाका नेताहरुलाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले ठाउ ठाउमा धरपकड गर्न लागेको पनि नेकपाले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एस.पी. हृदय थापाले यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।

२०७५ फाल्गुन १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको