अस्पतालले भन्यो- ‘भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यून’


फागुन १८, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले बताएका छन्।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ ।

‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’

अस्पतालले अधिकारीको उपचार जारी राखिएको पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाएको छ । नेता अधिकारीकी जेठी छोरी लुना आजै अपरान्ह भारतबाट काठमाडौँ फर्केलगत्तै अस्पतालले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी अधिकारीको नाजुक स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो।

अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि उनलाई राखिएको अस्पतालमा उनका परिवारका सदस्य र नेकपाका नेता–कार्यकर्ताहरु पुगेका छन्।

२०७५ फाल्गुन १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको