‘चट्ट रुमाल क्या मालुम’मा सलिनमान र मलिकाको नृत्य


काठमाडौं । निर्देशक शिव रेग्मीको ब्यवसायिक फिल्म ‘आफ्नो मान्छे’को चर्चित गीत ‘चट्ट रुमाल’ दर्शकले ‘यात्रा ःअ म्युजिकल भ्लग’मा पनि हेर्न पाउने भएका छन् ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह माथि खिचिएको यो गीत ‘यात्रा ः अ म्युजिकल भ्लग’मा भने सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत लगायत माथि खिचिएको छ । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

२९ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्मको गीतका केहि तस्बिर अहिले बाहिर आएका छन् । बाबुराम दाहालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा पहिले शम्भुजित र साधना सरगमको स्वर रहेको थियो । अहिलेको रिमेकमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् ।

गीत फिल्ममा सुहाउँदो भएकाले राखिएको निर्माता केशव भट्टराईले बताए । गीतमा कलाकारहरु रेगुलर भन्दा केही फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायाँकन गरिएको हो । सम्राट शाक्यले निर्देशन गरेको फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत , जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

यसै फिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबिको पनि अभिनय छ । कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् ।

विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह–निर्माता रहेको फिल्ममा निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

१८ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको