दाङका एक बाढि पीडित युवा ७ महिनादेखि बेपत्ता


फागुन १८, दाङ । दाङ दंगिशरण १ वाकी निवासी बाढी पीडित चप्पल बहादुर वली सात महिना देखि बेपत्ता भएका छन् ।

रत्नबहादुर वलीका ३१ वर्षिय छाेरा चप्पलबहादुर वली गाएकाे भदाै देखी काठमाण्डाै वाट वेपत्ता भएका हुन् । बाढीले घरवास वगाएपछि दैनिक गुजाराका लागि असार महिनामा लेवरी काम गर्न वली काठमाण्डाै गएकाे उनकी श्रीमती पुष्पा वलीले जानकारी दिइन् ।

असारकाे अन्तिम सम्म वली सम्पर्कमा रहेकाे र भदाै देखि एक्कासी सम्पर्क विहिन रहेकाे उनका बाबू रत्नबहादुरले जानकारी दिए ।
२०७१ सालकाे बाढी वाट पुर्ण प्रभावित भएका वली वेपत्ता भएपछि एक श्रीमती र तिन छाेरी वेसाहारा भएका छन् ।

वलीका तीन बहिनी छाेरीमा जेठि १२ वर्षिया देवा वली कक्षा ७ मा पढ्छिन भने १० वर्षिया भाइलि छाेरी इन्द्र वली कक्षा ६ मा ८ वर्षिया कान्छि छाेरी इशा वली कक्षा ४ मा अध्यन गरीरहेकी छन् ।

“बाढीले घरवार लग्याे, श्रीमान वेपत्ता, साना छाेरीलाई कसरी पाल्ने ?”- पुष्पाले दुख पाेख्दै भनिन् – “दैवले पनि दुखीलाई थप दुख दिदाे रैछ, कमाउने श्रीमान वेपत्ता भए पछि छाेरीलाई पढाउन र दैननिक गुजारा गर्न समस्या भएकाे छ ।”

अाफुहरुले काठमाण्डाैमा धेरै पटक श्रीमानलाई खाेजेकाे तर पनि असफल भएकाे वताउदै श्रीमानकाे खाेजी कार्यमा सहयाेग गरीदिन श्रीमती वलीले सवैसंग अाग्रह गरिन् ।

१८ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको