पुर्खाले दिएको ‘बहादुर गोर्खाली’ निसान, किन र कस्का लागि ?


सुदर्शन शर्मा ‘बिद्रोही’ । भारत पाकिस्तान युद्दलाइ लिएर पाकिस्तानी मिडियाले भनेको थियो, ‘आफु भन्दा कम्जोर छिमेकी देशलाइ दादागिरी देखाउदा हामी सहेर बस्न सक्दैनौ, किनकी नत हामी नेपाली हौ, नत भुटानी हौ, जहाँ तिमीले हेप्दा हामी चुपचाप सहेर बसौ’ !

उक्त भनाइ नेपालभरि फैलियो । जसलाई कतिपयले पाकिस्तानले नेपाललाइ अपमान गरेको रुपमा अर्थ्याए र उक्त भनाइ प्रति सशक्त प्रतिकार गरे ।

तर लाचारभइ स्वीकार गर्नै पर्छ कि, पाकिस्तानी मिडियाको भनाइमा सत्यता छ । भारतले उठ भन्दा उठ्ने, बस भन्दा बस्ने पढ़ौसी देश हुन् नेपाल र भुटान लगाएतका केहि देशहरु । पाकिस्तान यस्ता निरिह देशको लाइनमा पर्दैन ।

उसंग राष्ट्रिय आडम्ब छ ! स्वाभिमानी हैसियत छ ! जसले भारतको बिशाल साम्राज्यको घमण्डलाइ बारम्बार निरिह बनाउदै आएको छ ।

हो नेपाल बिभिन्न राजनैतिक परिवर्तन परिघटनाहरु र तन्त्रहरु परिवर्तन भए । बाइसे चौबिसे राज्य, काङ्ग्रेस, राणा, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, शाही शासन, अन्त्य हुदै कम्युनिष्ट शासन सम्म आइपुगेका छौ । हिजो राजा पृथ्वीनारायण शाहले एकिकरण अभियान गरेर जन्माएको गोर्खा सेनाको ट्याग आज भारतीय विस्तारवादको पोल्टामा छ । विश्वलाई चिनाउन आफुलाई ‘बहादुर’ भन्छौ ! गोर्खाली हौ भनेर तातिने हामी बन्दुकको गोलि बनाउनको लागि भारत सङ स्विकृती लिन बाध्य छौँ।

हिजो बिर गोर्खाली भनेर चिनिएको सेना आज भारतीय लडाकु भएर पेटको लागि लडेर परिवार पाल्न बाध्य छ । भारतीय सिमामा कयौं नेपाली दिनहुँ मरेका हुन्छन् । तर भारतिय मिडियाबाट गुमनाम भएर घरमा बाकसमा लास आउँछन।

किनकि त्यो नेपाली हो, भारतीय होइन । परिवार पाल्न आएको एउटा मजदुर जस्ले बन्दुक चलाउन सिकेको छ । यस्तै यस्तै नै हुन सिङ्गापुर लाहुरे, हङकङ लाहुरे, बिर्टिस लाउरे सबै नेपालीको वास्तविकता, सबै परिवारको लालन पालनको निम्ति प्रयोग भएका मानव रुपका यन्त्र मात्र हुन । फरक केहि छैन हाम्रो र तिनै नेपाली जवान सेनाहरुको, जो अरुको देश जोगाउन सिमामा कसैको गोली खान तयार छ । हामी जस्ता ६० लाख युवा वैदेशिक रोजगारीको नाममा अरबको खाडी, युरोप, अफ्रिकी मुलुक, संयुक्त राज्य अमेरिका, जस्ता देशमा काम गर्ने नेपालीहरुको दर्जा मात्र एउटा कामदार मात्र हो ।

नेपालमा राजनैतिक उतार चढाव निकै भए पनि देशको विषयमा आन्तरिक सुरक्षाको बिषयमा हो वा वाह्य हस्तक्षेपको विरोधमा होस, कहिल्यै कुनै शासन प्रणालीले सोच्न सकेन । पाकिस्तान एउटा साधारण मुलुक भएता पनि भारतिय बिस्तारवादको बिरुद्धमा डटेर सामना गर्यो र विश्व राजनीतिमा मानवताको पाठ रुपि झट्टारोले बिभिन्न षड्यन्त्रको पर्दाफास गर्न सफल भएको देखिन्छ ।

पाकिस्तानी मिडियाले नेपाललाइ जस्तो हेपाहा प्रवृत्ति नगर्न भारतलाई चेतावनी दिनु सरासर सहि हो । र आजको अबस्थामा सान्दर्भिक पनि छ । पाकिस्तानको एउटा भए पनि टेलिभिजनले बोल्ने हिम्मत गरेछ । नेपाल सरकारको औकात र धरातल देखाउन खोजेको रहेछ । २१औँ शताब्दीमा आज पनि हामी कसैले हस्तक्षेप गरेमा मट्याङग्राले हानेर र खुकुरी प्रहार गरेर नै जित्छौँ भन्नु एउटा दिवा सपना मात्र हुन सक्छ ।

देशमा भएका र सम्भावना भएका वैज्ञानिकहरुलाई अमेरिका रुस बेलायत जस्ता देशहरुले किनेर नेपाली बुद्धि प्रयोग गरेर करौडौं पर्ने मिसाइल र न्युकिलियर परमाणु बनाउन सफल छन । तर हाम्रो भने महाविर पुन जस्ता हस्तिहरु आज सरकारको आशमा र आफ्नो क्षमताले भ्याए सम्म मात्र गर्न बाध्य छन् । यदि आज पनि नेपाल सरकारले देसका बिभिन्न स्थानमा रहेका वैज्ञानिकहरुको प्रयोग गरेर कुनै अस्त्र मिसाइल तथा परमाणु बम नबनाए भोलिको दिनमा नेपाल देशको नक्सा पृथ्वीबाट नै हराउने सम्भावना बर्तमान घटनाक्रम देखाउदै छ ।

जसरी कुनै एउटा देशको निम्ति मोटरसाइकल र्याली प्रदर्शन गरिन्छ अन्धभक्तको गतिलो प्रमाण देखाइन्छ। त्यसै कारणले पनि भोलि देश कसैको उपनिवेश नहोला भन्न सकिदैन ! मलाई सरकारलाइ सोध्न मन लाछ ? कि भेनेजुएलाको हस्तक्षेपको बिरोध गरेको सरकारले सार्क राष्ट्रको नेतृत्व निर्वाह गरेको नेपालले किन पाकिस्तान र भारतबिचको तनाव र आतङबादको बिरुद्धमा बोल्न सकिरहेको छैन ?

किन दुवै राष्ट्र बिच कुटनीतिक पहल गरेर दुइ देश बिचको मतभेदलाइ सुल्झाउन पहल गरेको छैन ?

दुवै देशमा कुटनैतिक पहल गरेर केहि गर्न सके विश्व राजनीतिमा सक्रिय रुपमा नेपालको स्थान र सम्मान हुने समयलाइ सरकारले कमजोर रुपमा हेर्नुको कारणहरु के त ?

एउटा सानो देश उत्तर कोरियाले बिभिन्न किसिमका मिसाइल बनाएर, विश्व राजनीतिमा प्रवेश गर्न सक्यो र साम्राज्यवादी अमेरिकालाइ समेत खुट्टामा नतमस्तक बनाउन सक्यो भने । आज नेपाल किन सम्बृद्धिको नाममा रेल र पानी जहाजको सपनामा अल्झिएको छ ?

बिभिन्न स्रोत र भारतीय खुफिया एजेन्सीहरुले नेपालमा आंतकवादी संगठन लस्कर ए ताइबा तथा आइएसआइएसको भर्ती केन्द्र मोरङ र नेपालको विभिन्न ठाउँमा छरिएर रहेको छ भनेर भारतीय मिडियामा देखाइ रहेको छ । भविष्यमा आज आंतकवादी संगठनको नाममा गरिएको कारबाही गरे झैं, भोलि नेपालमा लस्कर ए ताइबा र आइएसआइएसको भर्ती केन्द्रलाइ निसाना भनेर हमला गरेको खण्डमा र विश्वमा नेपालमा आंतकवादी संगठनको बिरुद्ध प्रहार भनेर समचार प्रसारण गरिरहदा उखान टुक्काले समाधान खोज्ने कि आणविक हतियार र मिसाइल तेर्स्याएर नेपालमा आंतकवादी संगठन क्रृयासिल छैन भनेर जवावि कारवाही गर्ने ?

हो भोलिको लागि पनि आज पाकिस्तानको टेलिभिजनले सत्य बोलेको हो । हामीले आज पनि हतियार र लडाकु मिसाइल परमाणु बमको बारेमा नसोचे भोलि आज पाकिस्तानको जस्तो हालत बनाएर, देश नै नहत्याउला भन्न मिल्दैन ! र यसरि नै हामी जाति धर्म भाषा संस्कृतिको नाममा सामाजिक सञ्जालमा गालि गलौज गर्दै बस्ने र सरकार भ्रष्टाचार बिरुद्ध भन्दै बिकास भन्दै जनतालाइ आसवासन मात्र र दैशको सुरक्षाको निम्ति कुनै पनि गोप्य योजना नबनाउने हो भने इतिहासमा हाम्रा सन्तानले भारतीय आधार कार्ड र रासन कार्ड नबोक्ने दिन आउला भनेर विस्वास गर्ने आधार पनि बर्तमान घटनाक्रम ले आज देखाएको छ।

इतिहास हेर्दा पनि पक्कै थाहा हुन्छ कि, त्यहि भारत जुन अमेरिकी स्याटेलाइटको समयलाइ हिसाब गरेर आफ्नो आकाशमा नभएको बेलामा देशका विभिन्न भागमा रहेका वैज्ञानिकहरुलाई एक गराएर, पहिलो पटक मिसाइल बनाउन सफल भएको थियो ! परिक्षणको समयमा अमेरिकी जासुसी संस्थाले पत्ता लगाए पनि काश्मिरमा युद्धको बहाना बनाएर सैनिक उतारेर स्याटेलाइटको ध्यान कश्मीर तिर केन्द्रित गराएर ४८ घण्टामा परिक्षण गरेको थियो।

आज हाम्रो सानो मुलुकमा कसैको पनि गिद्धे दृष्टि नपरेको अबस्थामा पनि आन्तरिक रुपमा हामीले आफु नै भित्र भित्रै तयार हुन सकिएन भने भाबि सन्तानले नेपाल देशको नाम नै पो नसुन्ने चिन्ता हुन्छ। किनकि भारतले आजैबाट मिडियामा फुकिरहेको छ । नेपालमा आतंकबादी संगठन कृयाशिल छन भनेर यो भनेको भबिष्यमा नेपाललाइ पनि आंतकवादि संगठनको गढ भनेर हत्याउने प्रोपोगन्डा र योजना हो ।

किनकि आंतकवादको बिषयमा विश्वको कुनै पनि देशले बिरोध गर्छ र भारतीय मनोबल उच्च हुने देखिन्छ ।

२-४ सल्लाका बोटहरु लडाएर ३०० आंतकवादि मारिएको सन्देश प्रवाह गर्ने भारतले भोलि कोशि को बगर मा रहेका मस्जिद र आसपासका क्षेत्रहरूमा रहेका स-साना घर हरु मा मिसाइल झारेर आंतकवादि मारिएको समाचार सम्प्रेषण गर्दैन भन्ने आधार नै सकिएको छ ।

त्यसैले विकास सम्बृद्धिको साथ साथै आन्तरिक सुरक्षामा पनि देशले गोप्य रुपमा पहलकदमी योजना ल्याउन नसकेको खण्डमा भोलि दोस्रो पाकिस्तान नेपाल नबन्ला नहोला भन्न सकिन्न। त्यसैले पनि कुनै पनि कुराले र शब्दहरुले कस्तो प्रभाव छोडेको छ र के सन्देश दिन खोजेको छ बुझ्न जरुरी छ।

कसैको श्राप पनि कसैलाइ आशिष भनेझैं शब्दहरुको शाब्दिक अर्थ बुझेर निर्णय लिन सकियो भने देशमा आमुल परिवर्तन हुन जान्छ। किनकि आज काश्मिरका युवाहरु कुनै डर बिना नै आत्मघाती बम बनेर भारतीय सेना र सरकारको बिरुद्धमा आक्रमण गर्छन । किनकि त्यहाँको जनतालाइ भारतले भारतीय जनताको नजरले नहेरनु र उनिहरुको आवाज र शब्दहरुलाइ सुन्न सरकार तत्पर नभएर पनि उनिहरु बाध्य छन् ।

किनकि हिजोको राजनैतिक नेतृत्वले बाह्य हमलाबाट बच्न कश्मीरलाइ भारतमा गाभ्ने भनेर सन्धि गरेको थियो। तर जनतालाइ आजाद कश्मीरको नाम दिइएको थियो । तसर्थ पनि आजको अबस्था हामी नेपाली पनि राजनिति र मोह भन्दा माथि उठेर सोच्न सकिएन र एउटा देशले गरेको साधारण बेइज्जतलाइ पाठ बनाएर सुरक्षा व्यवस्था कडा गरिएन भने भविष्यको कश्मीर नेपाल हुनेछ र कि आत्मघाती बम विष्फोट मानवहरु हाम्रो सन्तति हुनेछन ।

२०७५ फाल्गुन १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको