रुकुम जाँदै गरेको हाइस सल्यानको शारदा नदिमा खस्यो


फागुन १८, सल्यान । सल्यानमा हाइस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । नेपालगंजबाट रुकुमतिर जाँदै गरेको भे १ ज १००२ नम्बरको हाइस आज मध्याहन्न साढे १२ बजेतिर बागचौर नगरपालिकाको कालाखेत नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि ५ जना गम्भीर घाईते भएका छन् ।

घाईते ५ जनालाई श्रीनगरतर्फ ल्याइको र अन्यलाई बागचौरमा उपचारको लागी लगिएको प्रहरीले बताएको छ । गाडी सडकदेखि करिब १५ मिटर तल शारदा खोलामा खसेको त्यहाँबाट पत्रकार श्रवन देवकोटाले बताएका छन् ।

१८ फाल्गुन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको