भाले बासिसक्यो, अब ब्युँझिने वेला भयो


दिपा बुढा मगर । फाल्गुन १८, २०७५ । आजको २१ औं शताब्दी भनेको बिज्ञान र प्रबिधिको युग हो । संसारका कयौं राष्ट्रहरु सभ्य समाजको रुपमा फड्को मारिसकेका छन् । तर जहाँ हिन्दुजम छ त्यहाँ मान्छेहरु स्वातन्त्र पुर्बक बाच्न पाएका छैनन् । त्यहाँ मानबता छैन । मान्छे मान्छेमा उच्च निच र छुत अछुत छ । टाढा जानै आबश्यक्ता छैन । नेपाल र भारतलाई नै हेर्दा थाहा भइहाल्छ ।

म नेपालको मुल निवासी मङ्गोल बंशको हुँ । म जस्तै लाखौ करोडौं मुलबासी मङ्गोलहरु अस्तित्व बिहिन भएर पशु सरह र दासत्व जीवन जिउन बाध्य बनाएको छ हाम्रो समाजले संस्कृतिको नाममा । जसलाई देशको मुल बिधानले संरक्षण गरिरहेको छ ।

नेपालमा बाहुनवाद छ । बर्षौ देखि नेपालमा बाहुनवादी तन्त्र चलिरहेको छ । मानव अधिकार छैन । यो कुरा मैले मात्र भनेको होइन, आम मानिसहरुलाई थाहा भएको कुरो नै हो । नेपालमा बाहुनवाद छ भनेर मैले मात्रै भनेको होइन, मानव शास्त्री डोरबहादुर बिष्ट र नेपाली काङ्ग्रेसका नेता गणेशमान सिङ `श्रेष्ठ´ले पनि नेपालमा बाहुनबाद छ भनेकै थिए । यो बाहुनवाद बाहुन जातीहरुलाई लक्षित गरि गरिएको गाली होइन । बाहुनवाद भनेको एउटा प्रवृत्ति हो । जुन नेपाली समाजमा ब्याप्त छ ।

आज यो देशमा मुल निबासी मङ्गोलहरुलाई आदिवासी जनजाती बनाएर राखेका छन् भने जुन बास्तवमा आदिवासी जनजाती हुन्, तिनिहरु पो मुलबासी भएर शासन गरिरहेका छन् ।

संयुक्त राष्ट्र संघले नेपालको मुलवासीहरु (indigenus people of nepal) विभिन्न समुदाय जस्तै गुरुङ, मगर , राई, लिम्बू, तामाङ, सेर्पा, कोचे, मेचे, दिमाल, दलित, थारू, नेवार लगायत आर्य बाहुन क्षेत्री बाहेक नेपालका सम्पुर्ण समुदायहरु सबै मुलबासी हुन् भनिसकेको छ ।

त्यहाँ मङ्गोल उल्लेख गरिएको छैन । किनभने हामीलाई बाहुनबादले हामी मङ्गोल हौं भनेर गर्व गर्न पनि दिएको छैन । यहाँ त ठिक उल्टो भएको छ । सोझा र इमानदार मङ्गोलहरुलाई झुकाएर `indiginus´को अर्थ आदिवासी हुन्छ भनि हामीलाई आदिवासी नामाकरण गरेका छन् ।

संयुक्त राष्ट्र संघले भाषा लिपि संकलन गर्दा बेला बाहुनवादीहरुले लिपि लिएर जाने क्रममा संयुक्त राष्ट्र संघले स्विकार गरेन । किनभने नेपालमा जुन लिपिलाई नेपाली लिपि भन्छौं त्यो नेपाली लिपि नभएर भारतवाट निर्यात गरिएको फिरन्ते भाषा र लिपि हो । छुट्टै देश भइसकेपछी फरक लिपि हुनुपर्छ तर अहिलेको लिपि भारतिय लिपिसंग ठ्याक्कै मिल्छ ।

संयुक्त राष्ट्र संघले नै यो नेपालको लिपि नभएर भारतिय लिपि हो भनेपछि सङ्ग बाहुनवादीहरु हिस्स माथी खिस्स भएर नेवार समुदायको लिपिलाई नेपालको लिपि हो भनेर सदर गराए । कमसेकम नेवार त यो देशको मुलनिबासी मङ्गोल हो ।

नेपालको मुलबासी मंगोललाई साम्राज्यबादी हिन्दु आर्य आदिवासी जनजातीहरुले युगौ देखि हेप्दै, पेल्दै, थिच्दै र लुट्दै आएका छन् । यी अधिनायकबादीहरुले आफ्नो हिन्दु धर्म ग्रन्थको कुसंस्कार र कुरितिको आधारमा नै आजसम्म राजनीति गरिरहेका छन् ।

आजको २१औं शताब्दीमा नेपालको मुलबासी मंगोलहरु बिउझदै छन् । जाग्दै छन् । यो शताब्दी हाम्रो मुक्तिको शताब्दी हुनेछ । अब बाहुनबाद धेरै टिक्दैन । म यो भन्छु, दुनियाँले यो कुरा सयमा सय नै बुझ्नुपर्छ भन्दिन तर बुझ्न जरुरत छ । हामी चेपिएको नबुझेरै हो । हामी हेपिएको चेतना नभएरै हो ।

एकदिन त्यो दिन आउने छ कि जब भालेको दाग सबै मंगोलहरुको कानकानसम्म पुग्ने छ तब म मुलबासी मंगोल हुँ भनेर छाती फुलाएर आउनेहरुको संख्या पन्चानब्बे प्रतिशत पुग्ने छ । तव भुत देखि आजको दिनसम्म साम्राज्यबादी हिन्दु आर्यले मानवलाई मानबको दर्जा नदिने जुन प्रणाली त्यो उल्टिने वाला छ । त्यो हुनु भनेको बाहुनवादी शासकहरुकै भाबी सन्तानको लागि बजेको भयानक खतरनाक घण्टीको संकेत हुनेछ ।

२०७५ फाल्गुन १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको