आवश्यक परे जनता बन्दुक बोक्न तयार छन्ः नेता सुदर्शन


माघ १९, ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका मध्यकेन्द्रीय कमाण्ड ईन्चार्ज सुदर्शनले मुलुकमा परिस्थिति क्रान्तिको लागि अनुकूल बन्दै गइरहेको जिकिर गर्दै आवश्यक परेमा जनता बन्दुक बोक्न तयार रहेको बताएका छन् ।

नेकपाको ललितपुर जिल्ला संगठन समितिले उपत्यकामा आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै ईन्चार्ज सुदर्शनले सरकारले क्रान्तिको वातावरण बजबुत तुल्याउँदै लगेको बताए ।

चाहेको खण्डमा नेता र कार्यकर्ता मात्र नभई जनता क्रान्तिमा बन्दुक बोक्न तयार छन् पार्टीका स्थायी समिति समेत रहेका नेता सुदर्शनले यसअघिको संगठन सुदृढिकरण तथा विस्तार जिल्लामा सफल भएको बताए ।

साथै माघ १ बाट पार्टीले शुरु गरेको दुई महिने संगठन सुदृढिकरण तथा विस्तार अभियानले एकीकृत जनक्रान्तिको लागि बलियो आधा बनाउने बताए । अभियानमा एकजुट भएर लाग्न र जनताको घरआँगनमा पुगेर सरकारले मच्चाएको भ्रष्टचार र अत्याचारको भण्डाफोर गर्न कुनै कसर बाँकी नराखेर लाग्न पनि उनले प्रशिक्षणमा निर्देशन दिए ।

एक प्रसंगमा नेता सुदर्शनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्यारा सरकारकै संरक्षण रहेको दाबी गर्दै यसमा प्रहरी प्रशासन पनि जिम्मेवार रहेको बताए । उनले अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डहरुमा क्रान्तिको बद्नाम गर्न र नेकपाविरुद्ध भ्रम छर्न लागिपरेको आरोप लगाए ।

प्रशिक्षण कार्यक्रममा नेकपाको काठमाडौं उपत्यका विशेष ब्यूरोका ईन्चार्ज उत्तमले पार्टीका हरेक नेता, कार्यकर्ता बहुप्रतिभावान र सक्षम हुनुपर्ने बताए । जारी दुई महिने अभियान ललितपुुरमा तीव्रतामा चलिरहेको र यसले अलपत्रमा पारिएको नेपाली क्रान्तिलाई पूर्ण गर्न मजबुत आधार तयार पार्ने बताए ।

प्रशिक्षण कार्यक्रमका अध्यक्ष नेकपा ललितपुरका सेक्रेटरी विपिनले पार्टीको केन्द्रीय कार्यक्रम अभियान जिल्लामा तीव्र गतिमा चलिरहेको र यसलाई सफलतामा टुंग्याउन पार्टीको सिंगो पंक्ति लागिरहेको बताए ।

अभियानमा जुटन र फटाहहरुले फैलाएको भ्रमलाई चिर्न निर्देशन दिए । नेपाली क्रान्तिलाई पूर्ण गर्न मजबुत आधार तयार पार्ने बताए । अभियनमा हरतरहले जुटन पनि उपस्थितहरुलाई सेक्रेटरी विपिनले निर्देशन दिए ।

यसअघि पार्टीको काठमाडौं उपत्यका विशेष ब्यूरोले गत पुस २८ गते शनिबार काठमाडौं प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेकपाले दोस्रो चरणको संगठन सुदृढिकरण तथा विस्तार अभियान यही माघ १ गतेबाट देशैभर शुरु गरेको छ । उसले भौगोलिक हिसाबले पूर्वी, मध्य, पश्चिम तथा सुदूरपश्चिम गरी चार कमाण्डमा विभक्त गरेको छ ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको