चितवनमा सत्तारुढ नेकपाका दर्जनौं नेता–कार्यकर्ता विप्लव नेकपामा प्रवेश


माघ १९, चितवन । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा विभिन्न पार्टीका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेकपाका प्रवेश गर्ने क्रम तीव्र बनिरहेको छ ।

शुक्रबार चितवनमा मात्र सत्तारुढ नेकपाका जिल्लास्तरीय नेतासहित २१ जना कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका चितवन सेक्रेटरी ध्रुवले स्वागत गरेका थिए । जिल्लाको राप्ती नगरपालिका १ मा गरिएको एक जनभेलामार्फत उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

उक्त जनभेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी ध्रुवले सामाजिक दलाल पुँजीवादी सरकारले चुनावी नारा जनताका पक्षमा काम गर्ने दिएको तर काम भने दलाल पुँजीवादीहरुको पक्षमा गरिरहेको बताए ।

कथित कम्युनिस्ट नामको सरकारले वास्तविक कम्युनिस्ट पार्टीमाथि हस्तक्षेप गरेको भन्दै सेक्रेटरी ध्रुवले इट्टाको जवाफ पत्तथरले दिने विचार ब्यक्त गरे ।

उनले आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको बाटोबाट स्थापना हुने वैज्ञानिक समाजवादमा मात्र जनताका सबैप्रकारका समस्याहरुको हल हुने दाबी गरे ।

कार्यक्रममा नेकपाका राप्ती नगरपालिकाका इन्चार्ज अमर गोपाली, कार्यालय सचिव प्रेम चौधरी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) जिल्ला अध्यक्ष अञ्जना तामाङ, पार्टी जिल्ला सदस्य हुकुम खड्का र सौरवले आ–आफ्नो भनाइ राखेका थिए । सोही ठाउँमा दोर्जे तामाङको नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्माण गरिएको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन दोर्जे तामाङले गरेका थिए ।

यसैगरी नेकपा चितवन जिल्लाको राप्ती नपा ४ को वडा भेला शनिबार सम्पन्न भएको छ । नेकपाका जिल्ला सेक्रेटरी ध्रुवको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको