रोल्पाको पानी दाङमा ल्याउन यसै वर्षदेखि काम सुरु हुन्छ: सभामुख महरा


माघ १९, दाङ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले रोल्पाको माडी नदीको पानी डाइभर्सन गरेर दाङ ल्याउनका लागि यसै वर्षदेखि काम सुरु हुने बताएका छन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनको शनिबार घोराहीमा उद्घाटन गर्दै सभामुख महराले माडीको पानी दाङमा ल्याउने बताएका हुन् ।

दाङमा पानीको श्रोत सुक्दै गएको अवस्थामा सभामुख महराले चर्चामा रहेको माडी डाइभर्सनको काम यसै वर्षदेखि गर्ने गरी तयारीको काम अघि बढेको जानकारी दिए । केही समय अगाडि समृद्ध दाङका लागि जन निर्वाचित प्रतिनिधिले गरेको बहस स्मरण गर्दै डाइभर्सनको सर्भे पनि यही वर्षदेखि गर्ने बताए ।

प्राकृतिक श्रोतको सही सदुपयोग गर्न नसक्दा दंगाली आफैले दुःख भोगिरहेको उनको भनाइ थियो । दक्षिणतिरको श्रोत उत्तरतिर ल्याउन निकै खर्चिलो रहेको बताउँदै सभामुख महराले उत्तरतिरको श्रोतको संरक्षणमा चनाखो हुन सबैलाई आग्रहसमेत गरे ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको