दाङमा राष्ट्रिय जनमोर्चाको बिरोध


माघ १९, भालुवाङ । राष्ट्रिय जनमोर्चा दाङले विभिन्न ठाउँहरुमा बिरोध सभागर्ने कार्यक्रम अन्र्तगत शनिवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोकमा विरोध सभा गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन छैठौका केन्द्रिय अध्यक्ष विमल पौडेलले देशमा महङगी, भ्रष्टचार मौलाएको र हत्या हिंसा तथाबलत्कार जस्ता जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढ्दा पनि सरकार चुपलागेर बसेको आरोप लगाए ।

जनमोर्चाका जिल्ला सदस्य ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा भएको विरोध सभालाई जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य,अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पुर्णिमा आचार्य,तराई मधेस जनवादीमोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, ट्रेड युनियनका जिल्ला अध्यक्ष हरि थापा, शिक्षक संघका केन्द्रिय सदस्यकपिलदेव खनाललगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

पदम गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रामकृष्ण आचार्यले गरेकाथिए । यसैबिचविरोध कार्यक्रमअन्र्तगतभोली माघ २० गते गढबामा र माघ २२ गते राजपुरमा विरोध सभाको आयोजना गरेको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।

२०७५ माघ १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको