सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य


माघ १९, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलमा ९७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो । निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ ।

स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको जनाएको छ । मूल्य बढाएसँगै निगमलाई आगामी १५ दिनमा एक अर्वभन्दा बढि फाइदा हुनेछ ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको