ब्लड क्यान्सर पीडित बालक आर्थिक अभावले अस्पतालबाट फर्काइए


माघ १९, काठमाडौं । आर्थिक अभावमा एक क्यान्सर पीडित बालक अस्पतालबाट घर फर्काइएका छन्।

सिन्धुली मरिण गाउँपालिका ३ मयौलीका सेतीमाया लामाका ६ वर्षीय छोरा निमा लामालाई सिभिल हस्पिटल काठमाडौंले घर फिर्ता पठाएको हो।

निमालाई ५ वर्षको हुँदा नै ब्लड क्यान्सर भएको थियो। एक वर्षसम्म उपचार गराउँदा पनि रोग निको नभएपछि अहिले थप उपचारको लागि करिब २५ लाख रुपैयाँ लाग्ने डाक्टरहरुले बताएका छन्।

सिभिल हस्पिटलमा उपचार गराईरहेका निमाको थप उपचारको लागि अवश्यक पर्ने रकम नहुँदा घर फिर्ता पठाएको आमा सेतिमाया लामाले जानकारी दिईन्।

एक वर्षको अवधिमा करिब १५ लाख रुपैयाँ खर्च भएको र त्यो सबै ऋण निकालिएको उनको भनाई छ। आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको भन्दै सिभिल अस्पताले फ्लो अपमा आउने गरी माघ ८ गते डिस्चार्ज गरेको थियो। डाक्टरहरुले करिब २० देखि २५ लाख रुपैयाँ जम्मा गरेर मात्र अस्पताल आउन भनेको छ।

आर्थिक अवस्था एकदमै कमजोर रहेका उनीहरु २० लाख त के २० हजार पनि संकलन गर्न गाह्रो भईरहेको भन्दै सेतीमायाले आर्थिक सहयोगको लागि सबैमा अपील गरेकी छन्।

उनको उपचार गर्न आर्थिक सहयोग गर्न चाहनेहरुले ग्लोबल आइ एमई बैंक नयाँ बानेश्वरमा निर्मला लामाको नाममा रहेको खाता नम्बरः २९०७०१०००८४४६ पैसा जम्मा गरिदिन निमाको परिवारले आग्रह गरेका छन्। थप जानकारीको लागि निर्मला लामा ९८६०६४५३९२ तथा आमा सेतीमाया लामाको सम्पर्क नम्बर ९८०८६८२०१३ मा सम्पर्क गर्न सकिन्छ।

२०७५ माघ १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको