भरुवा बन्दुकले आफैलाई हानेर घाइते, घटना रहस्यमयी


माघ १९ काठमाडौं । उदयपुरमा एक ब्यक्तिले आफूले बोकेको भरुवा बन्दुकले आफैलाई प्रहार गरी घाइते भएका छन्।

रौतामाई गाउँपालिका–५ बस्ने ३८ वर्षीय निर बहादुर राईले आफुले बोकेको भरुवा बन्दुकले आफैलाई छातीमा हानी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते राईलाई उनकी श्रीमतीले उपचारका लागि जिल्ला स्पताल उदयपुर लगेकी छन्। घटनापछि उदयपुर प्रहरीले बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिहेको छ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको