काठमाडौं । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक भएको ‘बुट्टे रुमाल’ लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएका छन्। म्युजिक नेपालको युट्युब च्यानमा शुक्रबार अपलोड गरिएको गीतलाई शनिबार बेलुकासम्म ७७ हजारभन्दा बढीले हेरेका छन्।
रुमाल चिनो दिने प्रेमीप्रमिकाको पुरानो चलनलाई गीतमा पस्किएको छ । गीतकार भण्डारीकै संगीत रहेको यो गीतमा लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको छ ।
नेपाली चलचित्रकी अहिलेकी चल्तीकी अभिनेतृ प्रियंका कार्की र गम्भीर विष्टले गीतमा मोडलिङ गरेका छन् । बुट्टे रुमालको निर्देशन तथा कोरियोग्राफी पनि विष्टले नै गरेका छन्।
भण्डारीकै लेखन तथा संगीतमा रहेको ‘सुपारी चाम्रो’ बोलको गीतकै नामबाट अहिले सार्वजनिक भएको गीतलाई चिनाइएको छ । यो गीतलाई ‘सुपारी चाम्रो २’ नाम दिइएको छ ।
नेपाली लोक तथा दोहोरी गीतसँगै आधुनिक तथा फिल्मका गीतमा पनि बेजोड कलम चलाउने भण्डारीका यसअघिका गीत दर्शकस्रोताले निकै रुचाएका थिए।
भिडियो हेर्नुस
प्रतिक्रिया दिनुहोस