रोल्पामा सडक सञ्जालको विकास भईसक्यो: मन्त्री पुन


माघ १९, रोल्पा । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले देश समृद्धिका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य भएको बताउनुभएको छ ।

रोल्पामा शुक्रबारबाट सुरु भएको दोश्रो रोल्पा महोत्सवमा बोल्दै मन्त्री पुनले समृद्ध रोल्पाको लागि रोल्पामा सडक सञ्जालको विकास भएको दावी गर्नुभयो ।
मन्त्री पुनले रोल्पाको हरीगाउँमा माडी जलविद्युतको आफै कार्यकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै भन्नुभयो- ‘रोल्पाको माडिस्थित १ सय ५६ मेगावाटको विजुली उत्पादन गरी आम रोल्पालीलाई समृद्ध गराउँनेछाँै, त्यसै गरी प्यूठानको नौमुरेमा ३सय ७० मेगावाटको आजै अवलोकन एवं कार्यलाई अगाडि बढाउनको लागि थालनी गरेका छौँ । रोल्पाको पानीबाट रोल्पामा विद्युत र दाङमा सिचाई गरी समग्र राप्ती क्षेत्रका नागरिकलाई समृद्ध बनाउनेछाँै ।’

मन्त्री पुनले रोल्पा जिल्लासहित विकासका लागि संघीय सरकार, प्रदेशसकार र स्थानीय सरकारको सहभागितामामा देश सम्बृद्ध बनाउनु पर्ने धारणा राख्नुभयो ।

रोल्पा जिल्लाको अल्लोको विकासका लागि लगानीकर्ताहरुलाई अनुरोध गर्दै उहाले रोल्पा जिल्ला सभामुख कृष्णबहादुर महराको नेतृत्वमा नै राजनीति एवं विकास अगाडि बढेको कुरा स्मरण गराउँदै अझै पनि महराको नेतृत्वमा समृद्धि रोल्पा सम्भव हुने समेत बताउनुभयो ।

२०७५ माघ १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको