दोस्रो रोल्पा महोत्सवको उद्घाटन


मनिषा राई/माघ १९, रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको सुनिल स्मृति गाउपालिकाको सुलिचौरमा दोस्रो रोल्पा महोत्सवको शुक्रबार उद्घाटन गरीएको छ ।

मेला आयोजक समितिका संयोजक तथा रोल्पा उधोग बाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख कृष बहादुर महाराको प्रमुख आतिथ्यता रहेको थियो ।

बाजा गाजा झाकी सहित सुलिचौर बजार परिक्रमा गरि कार्यक्रमलाई औपचारिक रुपमा प्रतिनिधिसभाका सभामुख कृष बहादुर महारा, उर्जा, जलश्रोत तथा सिचाईमन्त्री वर्षमान पुनमगरले संयुक्त रुपमा दिप प्रज्ववलन तथा ब्यानर खोलेर उद्घाटन गर्नुभएको थियो ।

‘कृषि उद्योग व्यापार संस्कृति र पर्यटनको विस्तार, दीगो विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ उद्घाटन गरीएको कार्यक्रममा प्रमुख अतिथि महराले रोल्पा संस्कृतिको हिसावले महत्वपुर्ण जिल्ला भएको कारण रोल्पाको सस्कृति, परम्परा रितिथितिको प्रचारप्रसार र प्रबद्र्धन गर्नेमा जोड दिनुभयो ।
उहाले रोल्पामा प्रशस्त सम्भावनाहरु रहेता पनि उचित प्रचार प्रसारको अभावले ओझेलमा परेको बताउदै अव सबैक्षेत्रका सरोकारवाला निकाय तथा व्यक्तिहरु मिलेर पर्यटक प्रबद्र्धनको अभियानलाई साँझा बनाउदै रोल्पालाई समृद्धिको दिशा तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि सिचाइमन्त्री पुनले दोस्रो रोल्पा महोत्सवले जिल्लाको विकासमा योगदान र्पुयाउने बताउदै प्रचारप्रसारमार्फत पर्यटन प्रवद्र्धन र व्यापारमार्फत आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको समेत बताउनुभयो ।

साथै उहाले युद्धपर्यटनको प्रचारप्रसार गरेमा पर्यटकलाई आकर्षण गर्न सकिने जसका कारण जिल्लाको आयस्तरमा समेत बृद्धि हुने बताउनुभयो । जिल्लामा भएका पर्यटकीय, धार्मिक, ऐतिहासिक, चालचलन, भेषभूषाको प्रचारप्रसार र त्यसको अध्ययनमा सहयोग र्पुयाउने उद्देश्य भएको समेत बताउनुभयो ।

कार्यक्रममा निर्वमान सभामुख ओनसरी घर्तीमगर, पूर्व मन्त्री एवं शिक्षा स्वास्थ्य समितिका संयोजक जयपुरी घर्तीमगर, प्रदेश नं. ५ का प्रदेश सांसद दिपेन्द्र कुमार पुन, उद्योग बाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडे, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एमसी, रोल्पा नगरपालिका प्रमुख पुर्ण केसी लगायत जिल्लामा आवद्ध पत्रकार, सुरक्षाकर्मी, जिल्लाबासी, बिभिन्न सरोकारवालाहरुको समेत आतिथ्यता रहेको थियो ।

रोल्पा उधोग बाणिज्य संघका निबर्तमान अध्यक्ष बालकृष्ण सुबेदिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उदिराम खड्काले मयुरनाचको प्रदर्शन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष महेश न्यौपनेले गर्नुभएको थियो ।

महोत्सवको अवसरमा पर्यटकीय क्षेत्रको हेलिकप्टर मार्फत अबलोकन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, महोत्सव अवधिभर लुङ्ग्री खोलामा ¥याफ्टिङ सञ्चालन, परम्परागत झाँकी, मयुर नाच, पैसेरु नाच, सारङ्गी नाच प्रदर्शन, बाल उद्यन तथा रमाइलो मेला, हरेक दिन दोहोरीको घम्साघम्सी, स्थानीय जडीबुटीको कनिबेच, स्थानीय, स्वदेशी तथा विदेशी उत्पादनको किनबेच, नेपाली, नेवारी, मगर, गुरुङ खाना र चमेना गृह सञ्चालन, जिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ ।

सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिका मूख्य साझेदार रहेको महोत्सवको रोल्पाका १ नगरपालिका, ९ गाउँपालिका र जिल्ला समन्वय समिति स्थानीय साझेदारको रुपमा रहेका छन् भने प्रबर्दकमा नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ ।

महोत्सवमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जो–कोहि नागरिकले परिचयपत्र लिएर आएमा निःशुल्क प्रवेश र विद्यार्थीहरुलाई पनि विशेष छुटको व्यवस्था रहने आयोजकले जनाएको छ ।

१९ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको