नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको दसौं साधारणसभा सम्पन्न


माघ १९, रोल्पा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङको दसौं साधारणसभा आज सम्पन्न भएको छ ।

उपशाखा उपसभापति रिमु सुवेदीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सदस्य सुनबहादुर पुनको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि दया बहादुर बुढा मगर, सुनछहरी गाउपालिका स्वास्थ संयोजक सोभाराम थारु, इलका प्रहरी कार्यालय पोबाङका हव्लदार खगेन्द्र कोइराला लगाएतको आतिथ्यता रहेको थियो ।

सुनछहरी गाउपालिका ५ पोबाङमा सम्पन्न भएको कार्यक्रममा आजिवन सदस्य ,साधारण सदस्य मेहलधारा आधारभुत बिधालय जैमाका जुनियर रेडक्रस सर्कल लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन उपशाखा सचीव खिम बिष्ट ले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन अनुसार २०६६ सालमा स्थापना भएको सस्थामा हाल सम्म महिला ६ र पुरुष ४४ जना गरि ५० जना आजीवन सदस्य रहेका छ्न ।

साथै यश उपशाखाको कार्य क्षेत्र सुनछहरी गाउपालिकाको सात वतै वडाहरु रहेका छ्न भने उपशाखाको भौतिक सामाग्री सहित रु ८३७०र( सम्पत्ति विवरण रहेको छ ।

साथै यस उपशाखा ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा र सिइएचपि नेपालगन्जको सहयोगमा निर्मित पोबाङ खानेपानी र थनबाङ गाउघर क्लिनिक भवन हस्तान्तरण कार्यक्रम, मुस्ताङ तिप्पर दुर्घटनामा मृत्यु हुने घरपरिवार लाई राहत विवरण, आखा शिविर जस्ता कार्यक्रममा सहयोग र समन्यकारी भुमिका निर्वाह गर्दै आएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै आगामी वर्षको कार्ययोजनामा कार्यक्षेत्र भित्र कुनै पनि दैवी प्रकोप, मानविय तथा धनजनको क्षति भएमा तत्काल उदार र राहतको कार्यक्रम परीचालन गरीने,आँखा सिविर सन्चालन गर्ने,सुनछहरी गाउपालिका भित्र मा. बि र आधारभुट बिधालयमा जुनियर रेडक्रस सर्कल गठन गर्ने जस्ता कार्यक्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा आजीवन सदस्य जुनिस कुमार बिष्ट, नमुना मा बि का जुनियर रेडक्रस सर्कलका सहनायक उजेली पुन, इप्रका पोबाङका हव्लदार खगेन्द्र कोइराला, स्वास्थ संयोजक शोभाराम थारु, सुनछहरी गाउपालिकाका सुचना अधिकारी दया बहादुर बुढा मगर र प्रमुख अतिथि सुनबहादुर पुनले शुभकामना मन्तव्य राखेका थिए । चित्रबहादुर झाक्री मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचीव खिम बिष्टले गर्नुभएको छ ।

२०७५ माघ १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको