माघ १९, काठमाडौं । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् ।
शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् ।
शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए । यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।
नेविसंघका केन्द्रीय सदस्य भट्टले शनिबार बिदाकाे दिन चलाइएका ७ वटा गाडीको चाबी नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने छ ।
प्रतिक्रिया दिनुहोस