बेल्जियममा गुरुङहरुले यसरि मनाए ‘ल्होसार’


शेर बहादुर छन्त्याल/पुष १८ बेल्जियम । नेपालको आदिवासी जनजाति मध्येको एक गुरुङ्ग जातिको एेतिहासिक पर्व तमु ल्होसार देश विदेशमा धुमधामका साथ मनाउने गरिन्छ । ३० डिसेम्बर आईतवारका दिन तमुधीं, बेल्जियमले पनि ल्होसार पर्व भब्यताका साथ मनाएको छ । बेल्जियमको सुन्दर नगर लुभेनमा उल्लेखनीय नेपालीहरुको उपस्थितिमा गुरुङ्ग जातिको फो-ल्हो २६०३औं तमु ल्होसार सम्पन्न गरेको छ ।

बेल्जियममा स्थापित नेपाली राजनीतिक संगठनका पदाधिकारी तथा प्रतिनिधि, विभिन्न जातीय संस्थाका पदाधिकारी, एनआरएन बेल्जियमका प्रतिनिधि र सामाजिक संघ संस्थाहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमका अध्यक्षता नविन गुरुङ्गले गरेका थिए । ‘तमु भाषा, संस्कृति, परम्परा र पहिचान, अधिकार सहितको स्वायत्तता हाम्रो अभियान’ को नारामा मनाइएको उक्त ल्होसार कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली राजदूतावास,बेनेल्क्सका प्रथम सचिव सुधिर भट्टराईले गरेका थिए । संस्थाका जेष्ठ नागरिक श्रीप्रशाद गुरुङ्ग, कार्यक्रमका संयोजक मिण्ड गुरुङ्ग र किराँत समाजका संस्थापक सदस्य मणी राईलाई सम्मानित अतिथिको आशन ग्रहण गराइएको थियो ।

तमुधीं, बेल्जियमका बरिष्ठ उपाध्यक्ष प्रविणा गुरुङ्गले संचालन गरेको भब्य कार्यक्रमलाई संस्थाका उपाध्यक्ष मनिष गुरुङ्गले स्वागत मन्तव्यमा ‘शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानवको अस्तित्व नै हराउछ’ त्यसैले हामी सबैले एक अर्काको संस्कार संस्कृतिको सम्मान गर्दै मानव जातिको पहिचान र अस्तित्वलाई बचाउन हामी सबैले जिम्मेवारीता बोध गर्नु सक्नु पर्दछ भनेका थिए ।

संयुक्त किराँत समाज, बेल्जियमका सल्लाहकार बदन योङहाङ्गले ल्होसार पर्वको साथसाथै किराँतीहरुको उधौली पर्वको शुभकामना ब्यक्त गरेका थिए । नेपाली जनसंपर्क समिती, बेल्जियमका सभापति सीता सापकोटाले हाम्रो जस्तो सुन्दर देशमा सयौं थरीमा फुल्ने हरेक फुलहरुले समान अवसर पाउनु पर्दछ । हाम्रो संस्कार संस्कृतिमा फरक भए पनि एक अर्कामा सम्मान साथ सद्भाव कायम गर्नु पर्दछ भनेका थिए । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले ल्होसार कार्यक्रमको भब्य रुपमा सफलताको शुभकामना दिदै नेपाल लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्थामा प्रवेश गरिसकेकोले हाम्रो देशको ठुलो समुदाय तमुहरुको महान चाडलाई पनि राज्यले दसैं तिहारलाई जस्तै गरी मान्यता दिनु पर्दछ । हरेक नेपालीको घर घरमा ल्होसार पनि दसैं तिहार र छठ पर्व जत्तिकै महत्वको चाड हो भन्ने कुरालाई स्थापित गर्नु पर्ने कुरा ब्यक्त गरेका थिए ।

अन्य बक्ताहरुमा जनप्रगतिशील मन्च, बेल्जियमका अध्यक्ष जीत लामा, प्रवासी नेपाली मन्च, बेल्जियमका अध्यक्ष बोधराज पौड्याल, राष्ट्रिय मगर मुक्ति मोर्चा, यूरोपका संयोजक बिरमान घर्ती मगर, महिला मुक्ति मोर्चाका कल्पना मगर,तमुधीं बेल्जियमका सल्लाहकार गमबहादुर गुरुङ्ग जेष्ठ नागरिक श्रीप्रशाद गुरुङ र मणी राईले ल्होसार पर्वको शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ, यूरोप शाखाका अध्यक्ष केजिन राई, विश्व मगर संघ, बेल्जियमका अध्यक्ष लोक राना, थकाली समाज, बेल्जियमका प्रतिनिधि श्याम शेरचन, पर्वत समाज, बेल्जियमका अध्यक्ष झलक केसी, बागलुङ समाज, बेल्जियमका अध्यक्ष गंगा शर्मा, संग्रिला समाजका संस्थापक अध्यक्ष पुष्पराज अधिकारी, संघीय समाज, बेल्जियमका अध्यक्ष नेत्र मगर, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङ्ग,लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा तमुधीं बेल्जियमका तर्फबाट बोल्दै गमबहादुर गुरुङ्गले नेपाल बहुभाषिक, बहुधार्मिक, समाबेशी र पहिचानको मुद्दालाई अगाडि बढाउन नेपाल लगायत विश्व भरिका तमुहरु एकजुट हुनु आवश्यक छ ।

बेल्जियममा तमुहरुको दुई संस्थाको स्थापनाको बारेमा प्रकाश पार्दै तमु समाज र तमुधीं नेपालमा र विश्वभर पहिले देखी नै अस्तित्वमा रहेको थियो । बेल्जियमका तमुहरु फुटे भन्ने कुरा केवल भ्रम मात्र हो । तमुधीं कुनै संस्थाबाट फुटेको नभै पहिचान र अधिकारको मुद्दालाई स्थापित गर्न लागिपरेको संस्था हो, त्यसैले यो संस्थामा आबद्ध हुन यही मन्चबाट सबैलाई आग्रह गर्दछु, भनेका थिए ।

औपचारिक कार्यक्रमको समापन संगै संस्थाका अध्यक्ष नविन गुरुङ्ग, कोषाध्यक्ष अन्जना गुरुङ्ग र सदस्य तारा गुरुङ्गले नेपालबाट निम्ताएका कलाकारहरुलाई स्वागत गरेका थिए । नेपालका ख्याती प्राप्त कलाकारहरु धीरज राई, प्रकाश सपुत र सुनिता दुलालको बेजोड सांगितिक प्रस्तुति, स्थानीय कलाकार र पोर्तुगलबाट निम्ताइएका कलाकारहरु सुवास पुन र इमान पुनको प्रस्तुती पनि उत्तिकै ससक्त रहेको थियो र उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए । भब्य र सभ्य रुपमा ल्होसार कार्यक्रम सफल बनाउन ब्यब्स्थापकीय रुपमा खटेका कला सुब्बा गुरुङ्ग, पम्फा गुरुङ्ग, ईन्द्रमाया गुरुङ्ग, प्रज्ञा गुरुङ्ग, संगिता गुरुङ्ग, कुसुम गुरुङ्ग, पवित्रा गुरुङ्ग, प्रज्ञान गुरुङ्ग र खानपिन ब्यबस्थापनमा जगन्नाथ भट्टराईको टिमको भूमिका पनि महत्वपूर्ण रहेको थियो ।

१८ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको