मलेसियाको मोर्चाले आफ्ना महासचिव सुवेदीलाई बिदाई गर्यो !


पुष १८, मलेसिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनप्रगतिसिल मोर्चा मलेशियाले आफ्नो महासचिव अर्जुन सुवेदीलाई विदाई गरेको छ । सुवेदी मलेसियाको बसाइँलाई बिटमारेर स्वदेश फर्किने भएपछी मोर्चाले एक कार्यक्रम बिच स-सम्मान बिदाई गरेको जनाएको छ ।

राजधानीको क्वालालम्पुरमा मंगलबार आयोजित बिदाई कार्यक्रमको सभापति मोर्चाका अध्यक्ष विस्फोटले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा मलेसिया पार्टी संयोजक महेश शर्मा ओलि रहेका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा मलेसियाको सफल कार्यकालको उच्च प्रसंशा सहित महासचिव सुबेदीलाई सम्मान पनि गरेको थियो । मोर्चाले सुबेदीको योगदान अतुलनीय रहेको समेत बताएको छ ।

महासचिव सुबेदीले नेपाल गएर पनि पार्टी र क्रन्तिकलागी निरन्तर प्रतिबद्द रहने बताएका थिए ।

सोहि कार्यक्रम मार्फत दिलिप भट्टराई ‘समर्पण’ लाई मोर्चामा आबद्द गराएको मोर्चाले जनाएको छ । विप्लव नेकपा बाहेक अरु कसैले पनि नेपाली क्रान्तीलाई अगाडि बढाउन नसक्ने निष्कर्ष सहित आफू नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा जोडिएको उनले बताए ।

प्रमुख अतिथि तथा अतिथि द्वारा विदाई मन्तब्य राख्ने कार्य भएको थियो ।

२०७५ पुष १८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको