दाङ -३ मा विमला कुमारी खत्रीको अग्रता कायमै [पछिल्लो मतपरिणामसहित]


मङ्सिर १५, काठमाडौँ । शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ ।

बेलुका १०: १२ बजेसम्मको मतगणना अनुसार नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन् । उनी कांग्रेस उम्मेदवार भन्दा ४, ०६७ मतले अघि छिन् ।

३७, ४०५ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा विमला कुमारी खत्री अघि छिन् । नेकपाकी उम्मेदवार खत्रीले १९, ९८७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार केशवले भने १५, ९२० मत प्राप्त गरेका छन् । ६१७ मत बदर भएका छन् ।

अहिले दंगीशरण गाउँपालिका ६ र शान्तिनगर गाउँपालिका ५ को मतगणना भैरहेको छ । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना आइतबार बिहान सवा ९ बजेबाट सुरु भएको हो ।

तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं ३ (ख)मा उपनिर्वाचन भएको हो । नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमार ओलीकी श्रीमती हुन ।

२०७६ मंसिर १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको