महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी


मंसिर १५, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीले गत निर्वाचनमा विजय हात पारेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्धन्दी समाजवादीका राम जानकी यादवलाई २०८ मतले पराजाति गर्दै चौधरी विजयी भएका हुन्।

चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी यादवले ३ हजार ४१ मत प्राप्त गरेका छन्। यस्तै राजपाकी रविता चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका विजय यादवले १ हजार ९ सय ३५ मत प्राप्त गरेका हुन्।

महोत्तरी प्रतिनिधि सभा क्षेत्र ३ मा राजपा संयोजक मण्डलका सदस्य महन्त ठाकुर, दुवै प्रदेशसभामा राजपाले जितेका छन् भने स्थानीय चुनावमा यसअघि गाउँपालिका अध्यक्षमा राजपाका विनोद चौधरी निर्वाचित भएका थिए।

चौधरीको निधनपछि उप निर्वाचन भएको थियो।राजपाले उप निर्वाचनमा उनकी श्रीमती रविता चौधरीलाई उम्मेदवार बनाएको थियो। तर उनी तेस्रो नम्वरमा परिन्।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको