मंसिर १५, काठमाडौं । कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उपनिर्वाचनमा पराजय भएको स्वीकार गर्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् ।
तीन वटा वडाको परिणाम सार्वजनिक हुनुअघि नै आफ्नो ट्विटरबाट पौडेलले भट्टराईलाई बधाई दिएका हुन्।
उनले लेखेका छन्: ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ’ उनले लेखेका छन् – ‘विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।’
सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन।
म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।
विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।
— Khemraj Paudel (@nckhemrajpaudel) December 1, 2019
प्रतिक्रिया दिनुहोस