मङ्सिर १५, काठमाडौँ । शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ ।
बेलुका ७: २९ बजेसम्मको मतगणना अनुसार नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन् । उनी कांग्रेस उम्मेदवार भन्दा ३,३८४ मतले अघि छिन् ।
२६, ७८३ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा विमला कुमारी खत्री अघि छिन् । नेकपाकी उम्मेदवार खत्रीले १४,५७८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार केशवले भने ११, १९४ मत प्राप्त गरेका छन् । ४३५ मत बदर भएका छन् ।
अहिले दंगीशरण गाउँपालिका ३ र शान्तिनगर गाउँपालिका २ को मतगणना भैरहेको छ । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना आइतबार बिहान सवा ९ बजेबाट सुरु भएको हो ।
तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं ३ (ख)मा उपनिर्वाचन भएको हो । नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमार ओलीकी श्रीमती हुन ।
प्रतिक्रिया दिनुहोस