दाङ अपडेटः यस्तो छ बेलुका ६: ४२ सम्मको मतपरिणाम


मङ्सिर १५, काठमाडौँ । शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ ।

बेलुका ६: ४२ सम्मको मतगणना अनुसार नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन् । उनी कांग्रेस उम्मेदवार भन्दा ३,३३९ मतले अघि छिन् ।

१० वडाको २४, २८६ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा विमला कुमारी खत्री अघि छिन् । नेकपाकी उम्मेदवार खत्रीले १३, ३४३ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार केशवले भने १०,००४ मत प्राप्त गरेका छन् । ४०८ मत बदर भएका छन् ।

अहिले दंगीशरण गाउँपालिका १ र शान्तिनगर गाउँपालिका २ को मतगणना भैरहेको छ । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना आइतबार बिहान सवा ९ बजेबाट सुरु भएको हो ।

तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं ३ (ख)मा उपनिर्वाचन भएको हो । नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमार ओलीकी श्रीमती हुन ।

४५ स्थानको मतपरिणाम सार्वजनिक, कहाँ-को विजयी (सूचीसहित)

शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सावर्जनिक हुने क्रम जारी छ ।

रिक्त रहेका ५२ स्थानका लागि भएको निवार्चनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।

अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।

आइतबार साँझ ५:२५ बजेसम्म निर्वाचन आयोगमा प्राप्त विवरण

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको