यस्तो छ कास्की -२ को पछिल्लो मतपरिणाम


मङ्सिर १५, काठमाडौँ । कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १७ हजार ६ सय ४४ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् । यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ८ हजार ४ सय २० को रहेको छ ।

११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा नम्बर ३३ र २१ ,२० १५,१६,१७ मतगणना समाप्त भएको छ । उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो ।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

प्रदेश ३ मा कांग्रेस हावी, नेकपाबाट खोस्यो यी क्षेत्र [सूचीसहित]

संघीय राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा नेकपामाथि नेपाली कांग्रेस हावी भएको छ ।

प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ७ वडाध्यक्षका लागि भएको निर्वाचनमा कांग्रेसले प्रदेश सभाको १ सीट र स्थानीय तहतर्फ ३ वटा वडामा जीत हात पारेको छ ।

भक्तपुर १ (१) प्रदेश सभा निर्वाचन क्षेत्र पहिले एमालेले जितेको थियो भने तत्कालीन एमालेले जितेको भरतपुर– १६ को वडाध्यक्ष पद पनि नेकपाबाट खोस्न कांग्रेस सफल भएको छ ।

नेकपा भने दक्षिणकाली – ३ काठमाडौं, धुलिखेल – २ काभ्रेपलाञ्चोक र उमाकुण्ड – ५ रामेछापमा मात्र इज्जत जोगाउन सफल भएको छ ।

हेर्नुहोस्, प्रदेश ३ को उपनिर्वाचनको नतिजा :

प्रदेश सभा

भक्तपुर क्षेत्र नं.१ (१)

कृष्णलाल भँडेल (कांग्रेस) : १३४४९ (विजयी)
देवीप्रसाद ढकाल (नेकपा) : ११२०६
निरज लवजू (नेमकिपा) : ५८२९

(पहिला एमालेले जितेको)

स्थानीय तहतर्फ नेकपाले जितेका वडाध्यक्षहरू :

दक्षिणकाली नगरपालिका– ३ काठमाडौं (वडाध्यक्ष)

शिवभक्ति बलामी (नेकपा) : ६१८(विजयी)
जयशंकर केसी (कांग्रेस) : २७८
रुपा बलामी (राप्रपा संयुक्त) : १०४
(पहिला एमालेले जितेको)

धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक (वडाध्यक्ष)

देवप्रसाद कोइराला (नेकपा) : ८६७(विजयी)
दर्णबहादुर खत्री (कांग्रेस) : ५८२
कृष्णबहादुर तामाङ (राजपा) : १५
(पहिला एमालेले जितेको)

उमाकुण्ड गाउँपालिका– ५ रामेछाप

कुलबहादुर बस्नेत (नेकपा) : ७६९ (विजयी)
सावित्री सुनुवार (कांग्रेस) : ३८०
राजकुमार सुनुवार (समाजवादी) : १०
(पहिला एमालेले जितेको)

कांग्रेसले जितेका वडाध्यक्षहरू:

भरतपुर महानगरपालिका– १६ चितवन (वडाध्यक्ष)

अमृतराज हमाल (कांग्रेस) : ३१८३ (विजयी)
भक्तराज हमाल (नेकपा) : २८७५

धनप्रसाद घले (नागरिक पार्टी) : ३९
अम्मरबहादुर थापा (समाजवादी) : २५
(पहिला एमालेले जितेको)

खैरहनी नगरपालिका– ४ चितवन (वडाध्यक्ष)

देवबहादुर बस्नेत (कांग्रेस) : ११३८ (विजयी)
वेदबहादुर अधिकारी (नेकपा) : ९८६
अनोज अधिकारी (राप्रपा) : ८
(पहिला कांग्रेसले जितेको)

खैरहनी नगरपालिका– ५ चितवन (वडाध्यक्ष)

प्रतिमा कार्की (कांग्रेस) : ८४२ (विजयी)
पुननारायण प्रधान (नेकपा) : ७५६
बलराम चौधरी (नागरिक पार्टी) : ४७
(पहिला कांग्रेसले जितेको)

मतपरिणाम आउन बाँकी :

ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक (वडाध्यक्ष)

केदारनाथ आचार्य (नेकपा) :
राले तामाङ (कांग्रेस) :
रनबहादुर तामाङ (राप्रपा) :
(पहिला कांग्रेसले जितेको)

२०७६ मंसिर १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको