मंसिर १५, काठमाडौं । चितवनको भरतपुरमा स्थित विमानस्थल १० दिनसम्म बन्द हुने भएको छ ।
भरतपुर विमानस्थल कार्यालयका अनुसार मर्मतसम्भार तथा विस्तारका लागि आजदेखि १० दिन बन्द गर्न लागिएको हो ।
विमानस्थलको करिब १२ सय मिटर धावनमार्गमा ओभरले गरिने र पार्किङ समेत विस्तार गरिने विमानस्थल कार्यालयको भनाइ छ । ओभरलेको काम २० वर्षयता हुन नसकेको बताइएको छ ।
नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै सुरु हुनुअगाडि नै नोटाम जारी गरेर मर्मतसम्भार सुरु गरिनलागेको नागरिक उड्डयन प्राधिकरण भरतपुरले जनाएको छ। उक्त विमानस्थलमा बुद्ध, यतिका जहाजले उडान भर्दै आएका छन् ।
विमानस्थल ६२ बिघा जमिनमा फैलिएको छ भने यसको रनवे १२ हजार मिटर लामो र ३० मिटर फराकिलो रहेको छ ।
प्रतिक्रिया दिनुहोस