मंसिर १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सहिद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका ह’त्या, ब’ला’त्कारजस्ता जघन्य अप’राधीले उन्मुक्ति पाउने गरी कानुन नबन्ने स्पष्ट पारे।
‘द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ। विस्तृत शान्ति सम्झौता भएदेखि नै ह’त्या, ब’ला’त्कारजस्ता ज’घन्य अप’राधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ,’ अध्यक्ष दाहालले भने।
उनले द्वन्द्वमा ज’घन्य अ’पराध गर्ने दो’षीलाई कारवाही र पी’डितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताए। यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ,’ उनले भने।
प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन वि’द्रोही पक्षले नि’र्मम’तापूर्वक ह’त्या गरेको थियो। ‘इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मु’द्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु,’ अध्यक्ष दाहालले थपे।
दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उनले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए।
अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे।
‘स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँले भोग्नुभएको छ, त्यो मैले महसुस गरेको छु। सांसद पाख्रिनप्रति मेरो सम्मान छ,’ अध्यक्ष दाहालले भने, ‘म तपार्इँलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो ज’घन्य अप’राधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन।’
सांसद पाख्रिनले जनयु’द्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले ब’र्बरता’पूर्वक ह’त्या गर्नेलाई मा’फी दिन नहुने स्मरण गराए।
प्रतिक्रिया दिनुहोस