यस्तो छ कास्की–२ को पछिल्लो मतपरिणाम, कसले बाजी मार्ला ?


मंसिर १५, काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बर अग्रता बनाएकी छन् ।

विद्याले १४ हजार ८७९ मत पाउँदै गर्दा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ । कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो ।

यस्तो छ दाङ -३ पछिल्लो मतपरिणाम, कसले बाजी मार्ला ?

शनिबार भएको उप-निर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन् ।

उनी कांग्रेस उम्मेदवार भन्दा १,०७७ मतले अघि छिन् । बबई गाउँपालिका १ र तुलसीपुर उपमहानागरपालिका १ वडाको ६९४३ मत गणना हुँदा खत्री नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माभन्दा अघि छिन्।

कांग्रेस उम्मेदवार केशवले २,८३६ मत प्राप्त गरेका छन्। ९८ मत बदर भएका छन् ।

यी दुबै वडा नेकपाले स्थानीय निर्वाचनमा जितेका वडा हुन्। आइतबार बिहान सवा ९ बजेबाट मतगणना सुरु भएको हो।

धरानमा १० हजार मत गन्दा नेकपा-कांग्रेस कडा टक्कर

धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतपरिणाम जारी छ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार झन्डै १० हजार मत गणना त्यहाँ नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईभन्दा झिनो मतले अगाडि छन्।

प्रकाशले ४५७४ मत पाएका छन् भने तिलकले ४५१७ मत पाएका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन्।शनिबार भएको उपनिर्वाचनमा ५५ हजार ११ मत खसेको थियो। मत गणना जारी छ।

यसअघि २०७४ मा भएको चुनावमा धरानमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए। धरान उपमहानगरपालिका परम्परागत रूपमा तत्कालीन नेकपा एमालेको गढ हो। २०४८ सालयता त्यहाँको मेयरमा कहिल्यै कांग्रेसले चुनाव जितेको छैन।

नेकपाले कांग्रेसबाट ७ र कांग्रेसले नेकपाबाट ६ वडा खोसे

प्रदेश १ ख निर्वाचन क्षेत्र अन्तरगतको चाँगुनारायण नगरपालिका-२को दुवाकोट मतदानकेन्द्रमा मतदान गर्दै एक वृद्ध।

शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ।

त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ।

यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो।

यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ।

हेर्नुस् कुन वडामा कसले जिते?

१. बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्।

२. कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।

३. बाजुराको त्रिवेणी-१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

४. अछामको मल्लेख गाउँपालिका- ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।

५.बाँके कोहलपुर-६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

६.सल्यानको कुमाख गाउँपालिका- ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।

७. रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

८. घोराही उपमहानगर- १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

९. प्युठान नगरपालिका- २ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्।

१०. अर्घाखाँचीको मालारानी-३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।

११. लमजुङको सुन्दरबजार नगरपालिका- २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

१२. बर्दघाट-५ मा नेकपाका खिमबहादुर थापा विजयी भएका छन्।

१३. चितवनको भरतपुर-१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

१४. पर्साको सखुवा पर्सौनी गाउँपालिका- ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।

१५. बारागढी गाउँपालिका- १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

१६. रौतहटको गढीमाई- २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।

१७. काठमाडौंको दक्षिणकाली- ३ मा नेकपाका शिवभक्ति बलामी निर्वाचित भएका छन्।

१८. धुलिखेल-२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।

१९. महोत्तरीको बलवा- २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्।

२०. रामेछापको उमाकुण्ड- ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।

२१. खोटाङको साकेला- ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्।

२२. खाँदबारी-३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्।

२३. मोरङको धनपालथान-२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।

२४. बैतडीमा दोगडाकेदार- ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

२५. बैतडीको सुर्नया- १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

२६. कपिलवस्तुको शिवराज-१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले जितेका थिए।

२७. गुल्मीको रूरू-६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्।

२८. नवलपरासी पूर्वको बौदीकाली- ५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।

२९. चितवनको खैरहनी- ४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्।

३०. चितवनको खैरहनी-५ कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।

३१. सप्तरी छिन्नमस्ता- ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

३२. सर्लाहीको हरिपूर्वा- १ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

३३. सिरहाको कल्याणपुर-१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए।

३४. पाँचथरको हिलिहाङ-७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।

३५.पाँचथर फिदिम- १ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

३६. सिन्धुपाल्चोकको इन्द्रावती- ८मा नेकपाका केदारनाथ आचार्य विजयी भएका छन्।

३७. बाग्लुङको बढीगाड-२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्।

३८. डोटीको आदर्श-२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।

३९. महोत्तरीको मटहानीमा- ६ मा राजपाका मोहम्मद जकिर अन्सारी विजयी भएका छन्।

४०. भोजपुरको पौवादुंमा- १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको