सुनको मूल्य बढ्यो


मङ्सिर १५, काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ वृद्धि भएको छ ।

महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । गएको शुक्रबार सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज तीन सय रुपैयाँ नै वृद्धि भएको हो ।

आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएपनि चाँदीको मूल्यभने स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको