भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेस विजयी


मंसिर १५, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्र नम्बर १ (क) मा भँडेल निर्वाचित भएकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।

भक्तपुरमा कांग्रेस उम्मेदवारलाई राप्रपा (संयुक्त) ले सघाउने बताएको थियो ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको