मंसिर १५, पोखरा । पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ५ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएर मृ’त्यु भएको छ । आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जानकारी दिए ।
सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन् । ती मजदुर सल्यानबाट कामका लागि त्यहाँ पुगेका हुन् ।
२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान बागचौर नगरपालिका ४ सिमखोली र पेदिखोलाका भएको बुझिएको छ ।
पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस