नवलपरासीको बौदिकालीमा मतगणना सम्पन्न, कसले मार्यो बाजी ?


मङ्सिर १५, नवलपरासी । पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका वडा नं ५ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिम बहादुर थापा खरू मगर विजयी भएका छन्।

खरू मगरले नेपाली कांग्रेसका तुल बहादुर रानालाई १३६ मतअन्तरले पराजित गरेका हुन। खरू मगरले ३६७ र रानाले २ ३१ मत पाए। तीन जना प्रतिस्पर्धी रहेको चुनावमा समाजवादी पार्टीका प्रितम बहादुर रानाले ७ मत मात्रै प्राप्त गरे। यसअघि पनि सो वडाबाट नेकपाले जितेको थियो।

कुल ८५३ मतदाता रहेको वडामा ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको