प्यूठान नगरपालिका–२ मा नेकपा विजयी


मङ्सिर १५, प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन्।

शनिबार राति सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २८४ मतान्तरले पछि पार्दै पोखरेलले जितेका हुन् ।

पोखरेलले ११२७ र विष्टले ८ ४३ मत पाएका छन्। २५ म तबदर भएको छ। वडामा ३०२१ मतदातामध्ये १९९५ जनाले मतदान गरेका थिए। कुल मतदाता संख्याको ६१.४९ प्रतिशत मत खसेको छ । पोखरेललाई राजमोले साथ दिएको थियो । ऐरावतीका दुई वटै वडा समेत चुनावी तालमेल भएपनि नेकपाले भने राजमोलाई साथ दिएन् ।

५६ वर्षीय पोखरेलले शिक्षक पेशाबाट अवकाश पाएका थिए । पोखरेल यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयर पदका दावेदार समेत थिए ।

२०७६ मंसिर १५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको