उपनिर्वाचन: कपिलवस्तुमा राजपाकि मन्जु विजयी


मङ्सिर १५, काठमाडौँ । प्रदेश नम्बर दुईमा आफ्नो दवदवा कायम गरेको राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर पाँचमा पनि जित निकालेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रा विजयी भएकी छन् । उनले प्रतिष्पर्धीको भन्दा दोब्बर मत समेत ल्याएकी छन ।

निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले मत ८ सय ६८ मत ल्याइन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका देब भारतीले ४ सय ६५ मत मात्र ल्याउन सफल भए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरेका छन् ।

२१ मत बदर भएको थियो । स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्ष शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो ।

वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्प्रर्धा रहेको थियो ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको