खैरहनीको ४ र ५ मै कांग्रेस उम्मेद्‍वार विजयी


मङ्सिर १५, चितवन । चितवनको खैरहनी नगरपापलिकाको वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्‍वार विजयी भएका हुन्। खैरहनी-५ को वडाअध्यक्षमा प्रतिमा कार्की बस्नेत विजयी भएकी छिन् ।

त्यस्तै खैरहनी-५ मा बेद बहादुर अधिकारी विजयी भएका हुन् । वडा नम्बर ५ मा कार्कीले नेकपाका उम्मेद्‍वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

खैरुहनी ४ मा कांग्रेस बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको