सभामुख प्रकरण: पीडित महिलाले मेडिकल जाँच गराउन किन मानिनन् ?


असोज १४, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत आइतबार राति सभामुख कृष्णबहादुर महराले तिनकुने स्थित एक महिला कर्मचारीको डेरामा गएर यौन दुर्व्यवहार गरेको आरोप पिडीत महिलाले लगाएकी थिइन् ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले लगाएको आरोपबारे अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए ।

यद्यपी, पिडीत भनिएकी महिलाले भने अझैसम्म प्रहरी कार्यालयमा लिखित जाहेरी दिएकी छैनन् ।

पीडित महिलाले मेडिकल जाँच गर्न भने नमानेको प्रहरीले जानकारी दिएको खबर छ । डिएसपी दुर्गा रेग्मीको टोलीले महिलालाई मेडिकल जाँच गर्न हस्पिटल जान गरेको आग्रह उनले नामानेको बताइएको छ ।

महिलासँग जानकारी तथा घटनास्थलको तस्बिर लिएर डिएसपी दुर्गा रेग्मीको टोली उक्त महिलाको डेराबाट फर्किएको छ ।

१४ आश्विन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको