सङ्खुवासभा घटनाबारे विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति


असार १६, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका आफ्ना नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको आरोप लगाएको छ ।

प्रबक्ता प्रकाण्ड 

पार्टी प्रवक्ता खड्क बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुका साथै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपीवली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपाले एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय भएको बताएको छ ।

साथै अहिलेको यो दमन अविलम्ब नरोके कडा प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी–बादल सरकार हुने नेकापाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संखुवासभा घटनाबारे नेकपा प्रबक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्ति

१६ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको