अब क्रान्तिमा योगदान दिन्छु : विप्लब पुत्र प्रकाश चन्द (भिडियो अन्तर्वार्ता)


जेठ १७, काठमान्डौ । नेत्रबिक्रम चन्द ‘विप्लब’ पुत्र प्रकाश चन्दले आफुहरु युद्द नचाहेको तर सरकारले युद्दतिर धकेल्न खोजेको आरोप लगाएका छन् ।  सुनौलो नेपाल टिभीसंगको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन ।

उनले भने केपी प्रचण्डले सोचेका होलान, ‘विप्लबसंग दुइचार वटा हतियार होलान, दुइचार जना सेनाहरु होलान र यिनीहरुलाई पेलेर छापामार युद्दमा धकेल्नु पर्छ र सिध्याउनु पर्छ तर त्यसप्रति हामी सचेत छौ ।’

युद्द गर्ने रहर र चाहाना नभएको स्पष्ट पार्दै दलाल व्यवस्थाका बिरुद्द आर्को क्रान्तिको आबस्यकता भएको बताएका छन् ।

आफ्नो पार्टी बार्ता बिरोधि नभएको जिकिर गर्दै राज्यले बार्ताको नाटक मन्चन गरिरहेको आरोप समेत लगाए ! उनले भने ‘बार्ता बिरोधि हामी हैनौ ! यदि बार्ता नै गर्ने हो भने निर्मलाको हत्याराको खुलस्त गरेर सुरुगरौ । ‘

एकीकृत क्रान्तिको लक्ष्य बैज्ञानिक समाजबादी ब्यबस्था भएको अडान राख्दै तत्कालका पार्टीका मागहरु जनताका जिबिकासंग जोडिएका बिषयहरु मात्रै रहेको स्पस्ट पारेका छन् ।

युद्द प्रसंगमा उनले भने हामीले बिरोध गर्दा युद्द हुने, केपी प्रचण्डले गोलि हान्दा शान्ति हुने ?

डाक्टरी पेशा रोज्नुकारण बारे उनले यस्तो बताएका छन्, ‘३ कक्षा पढ्ने बेला देखि घर छोडेर हिडेको हुँ ।  त्यो बेलासम्म संधैभरि घाइतेहरु देखे, युद्दमा घायल भएका योद्दहरु देखे, बमबाडी भित्रको छेदबिछेद जिबन देखे, गोलि लागेर रक्तामे कामरेडहरु देखे त्यस्ता युद्द्का क्षेतिहरुलाई उपचार ब्यबस्थापन गर्न सकेको भए, युद्द अझै एउटा हाइटमा पुग्थ्यो होला भन्ने लाग्थ्यो । त्यसले मलाई डाक्टरी पेशामा लाग्न प्रेरणा दियो ।

६० लाखको बाइक चढेको बिषयमा पनि उनले यसरि खण्ड गरे, ‘६० लाखको बाइक चढ्ने आरोप बारे फेसबुक चलाउनै भनेर जन्मिएकाहरुले काम नपाएर हुँदै नभएका बिषयहरु उठाएर सिध्यान खोज्ने मानिसहरुको खेल हो ।  जाउलाखेलमा पार्किङ्गमा राखेको बाइक थियो त्यसमा चढेर फोटो खिचे तर दलालका मतियारले उचाल्ने काम गरे ।  यसमा कोहि भ्रममा नपर्न आग्रह गर्दछु ।’

हेर्नुहोस भिडियो:

१८ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको