बालुवाटार जग्गा घोटालाका सूत्रधार विदेश भागे


बैशाख १८, काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ ।

तर जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको छ तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैं सजग हुँदै विदेशीतर भागेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ ।

सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् ।

१८ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको