रोल्पामा एक महिने ड्राईभिङ तालिम: वेरोजगार युवालाई स्वरोजगार बनाईने


मनिषा राई/चैत १८, रोल्पा । माडी गाउँपालिका २ घर्तीगाउ रोल्पामा सोमबार एक महिने ड्राईभिङ तालिमको उद्घाटन गरीएको छ ।

माडी गाउँपालिका कार्यवाहक अध्यक्ष तथा माडी ५ का वडाअध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षतामा उद्घाटन गरीएको कार्यक्रमको सन्चालन गाउँकार्यपालिका सदस्य झक्कुप्रसाद परियारले गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका कावा अध्यक्ष बुढामगरले युवालाई देशमै रोजगार दिएर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरीएको बताउनुभयो ।

बिभिन्न सिपमुलक तालिम तथा व्यासायिक क्षेत्रमा लगानी गरेर भए पनि गाउँपालिकाले बेरोजगारको अन्त्य गर्ने लक्ष्य रहेको अध्यक्ष बुढामगरकोे भनाई छ । नेपालमा काम छैन भन्दै युवा बिदेशतिर पलायन हुने गरीरहेका बेला गाउँपालिकाले युवालाई रोजगारीका लागी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएपछि युवाहरु पनि आशावादी हुन थालेका छन् ।

बुढामगरले अहिलेको विकास सग घुल्न सक्ने सिप सवैमा हुनु पर्ने भएकोले युवालाई लक्षीत गरि तालिमको दिन लागेको बताउनुभयो । कुनै पनि सिप तथा काम सानो ठुलो नहुने भन्दै यहा सिकेको सिपलाई व्यवहारमा उतारेर युवाहरुलाई स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

गाउँपालिकाकोे यो कार्यलाई यहाका युवाहरुले सुवर्ण अवसरको रुपमा लिएका छन । वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएर ड्राइभिङ तालिम सुरु गरेकाले खुशी लागेको सहभागीहरुल्े बताएका छन् ।

टिका बहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माडी गाउँपालिका ४ का वडाअध्यक्ष खिम बहादुर घर्तीमगर, २ नं. वडा सदस्य बन्दना घर्तीमगर, स्वास्थ प्रमुख तथा निमित्त कावा प्रमुख प्रशासकिय प्रमुख डिल्लीराज आचार्य, नेकपाका बिजय घर्तीमगर, नेपाली कांग्रेसका जिल्ला सदस्य टेक बहादुर बिक, इप्रका घर्तीगाउका शितराम चौधरी, यातायात व्यवसायी धन बहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो । तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

१८ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको